कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नागरिकता विधेयक रोकेको भन्दै जसपाद्वारा राष्ट्रपतिको पुत्ला दहन

कान्तिपुर संवाददाता

राजविराज — नागरिकता विधेयक प्रमाणीकरण नगरी नेपाली नागरिकलाई गैरनागरिक बनाउने षडयन्त्र गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) का युवा, विद्यार्थी तथा महिला संगठनहरूले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएका छन् । 

नागरिकता विधेयक रोकेको भन्दै जसपाद्वारा राष्ट्रपतिको पुत्ला दहन

राजविराजस्थित शिव मन्दिरबाट निस्किएको जुलुस नगर परिक्रमा गर्दै जनआन्दोलन चोकमा पुगेर टुंगिएको थियो । प्रहरीको घेरा छिचोल्दै युवा विद्यार्थी तथा महिलाहरूले राष्ट्रपतिको पुत्ला जलाएका थिए ।

प्रदर्शनका सहभागीहरूले राष्ट्रपति भण्डारीविरुद्ध चर्को नाराबाजीसमेत गरेका थिए । पुत्ला दहनपछि स्थानीय जनआन्दोलन चोकमा जसपाका युवा, विद्यार्थी तथा महिला नेताहरूले संसद्‌को दुवै सदनबाट दुईपटक पारित भई प्रमाणीकरणका लागि गएको नागरिकता विधेयक रोकेर राष्ट्रपतिले संविधानको खिल्ली उडाएको र राष्ट्रपति राष्ट्र र संविधानको संरक्षक नबनेको आरोप लगाए ।

प्रकाशित : आश्विन ११, २०७९ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?