२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

सन्तोष सिंह

धनुषा — आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिलाबिहारी नगरपालिका ५ ललिया बस्ने ५० वर्षीय रामा मण्डल केवट रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

रामालाई आइतबार पक्राउ गरिएको हो । असोज ४ गते घरायसी विवादको क्रममा रामाले आफ्नो श्रीमती ४५ वर्षीया जिवछीदेवी मण्डललाई कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । रामाले ललियास्थित बाँसघारीमा टाउकोमा कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले दाबी गरेको छ ।

प्रहरीले घटनाको अनुसन्धानको क्रममा असोज ९ गते श्रीमतीको क्रिया बसेको अवस्थामा श्रीमान् रामालाई घरबाटै पक्राउ गरेका हुन् । रामा मण्डल र मृतक जिवछीदेवीका २ छोराहरू २२ वर्षीय विनय मण्डल र कान्छो छोरा २० वर्षीय सञ्जय मण्डल रोजगारको सिलसिलामा विदेशमा छन् ।

कान्छो छोरा सञ्जय मण्डलले विदेशबाट कमाएको पैसा मृतक जिवछीदेवी मण्डलको नाममा पठाउँदै आएकाले बाँकी रहेको ऋण तिर्न पति रामा मण्डल केवटलाई असहयोग गरेको भन्दै पति र पत्नीबीच विवाद भई घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

प्रकाशित : आश्विन १०, २०७९ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?