३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सवारी दुर्घटनामा बालकको मृत्यु

शंकर अाचार्य

पर्सा — पर्साको वीरगन्जमा सवारी दुर्घटनाबाट शुक्रबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका –२१ ताजपुरका सञ्जय पासवानका ५ वर्षीय छोरा सुशील पासवान रहेका छन् ।

शुक्रबार बिहान साढे ९ बजे ताजपुरस्थित ग्रामीण सडक खण्डमा ना ३ त १४३६ नम्बरको ट्याक्टरमा सवार सुशील ट्याक्टरबाट सडकमा लड्न गई सोही ट्याक्टरको चक्काले किचेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि नारायणी अस्पताल वीरगन्ज लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । चालक वीरगन्ज–२१ ताजपुरका सुनिल यादव घटनास्थलबाट फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७९ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?