१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

१० दिनमै सीडीओको सरुवा

अवधेशकुमार झा

राजविराज — निर्वाचनको तयारी, सुरक्षा व्यवस्थासमबन्धी व्यवस्थापनका लागि जिल्ला स्तरमा तीव्रताका साथ कार्यहरू भइरहेका बेला सप्तरीका प्रमुख जिल्ला अधिकारीको सरुवा भएर आएको १० दिनमै पुनः सरुवा भएको छ ।

गत भदौ २७ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रजिअको रुपमा हाजिर भएका नुरहरि खतिवडालाई बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश जनकपुर सरुवा भएको छ । उनको स्थानमा गृह मन्त्रालयबाट भुपेन्द्र थापा बिहीबार नयाँ प्रजिअको रुपमा सप्तरी आएका छन् ।

एक वर्षदेखि सप्तरीका प्रजिअ रहेका जनार्दन गौतमको उदयपुर सरुवा भएपछि भदौ २७ मा नयाँ प्रजिअको रुपमा जिल्ला प्रशासन कार्यालय संखुवासभाबाट खतिवडा सप्तरी आएका थिए । जिल्लाको वस्तुस्थिति बुझ्दै गरेको र निर्वाचन तयारीमा जुट्नै लागेका बेला अचानक खतिवडाको सरुवा भएर बिहीबार नयाँ प्रजिअ भुपेन्द्र थापा जिल्लामा आएका हुन् ।

सप्तरीका प्रजिअ १० दिनमै सरुवा भएको बारे बोल्दै गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने, ‘कर्मचारी प्रशासनमा बुझ्नुपर्ने हुन्छ । कहिलेकाहीँ कर्मचारी आफैँले पनि सरुवा मागेर जाने गर्छन् । १० दिनमै प्रजिअ सरुवा भयो के गर्ने ?’

प्रकाशित : आश्विन ६, २०७९ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?