२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

सिरहामा सशस्त्र प्रहरी जवान मृत भेटिए

भरत जर्घामगर

सिरहा — सिरहामा सशस्त्र प्रहरीका एक जवान मृत अवस्थामा फेला परेका छन् । सिरहा नगरपालिका–२१ लगडीगोठस्थित बोर्डर आउट पोस्टमा कार्यरत २६ वर्षीय गिरिजानारायण श्रेष्ठ शुक्रबार बिहान रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार बिहान साथीहरूसँगै ड्युटीमा निस्किएका उदयपुरको ताप्ली गाउँपालिका–३ का सशस्त्र प्रहरी जवान श्रेष्ठ शौच गर्न भन्दै रुख भएको बगैँचातिर गएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले घटना शुक्रबार बिहान साढे ६ बजेतिर भएको र घटनाको मुचुल्का गरी अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित : भाद्र ३१, २०७९ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?