कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

म्यादी भर्नाका लागि बिहानैदेखि लाइन

अवधेशकुमार झा

राजविराज — आउँदो मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्नका लागि सप्तरीको राजविराजस्थित पवि माविको खेलमैदानमा बिहानैदेखि युवायुवतीको लाइन लागेको छ । म्यादी भर्नाका लागि बिहीबारदेखि आवेदन लिने कार्य सुरु भएको छ । 

म्यादी भर्नाका लागि बिहानैदेखि लाइन

पहिलो दिन बिहीबार चर्को घामका बाबजुद घण्टौंसम्म लाइनमा लागेर युवायुवतीहरूले म्यादी प्रहरीका लागि फाराम भरे । पहिलो दिन बिहीबार फारम भर्न अत्यधिक भीड रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बिहीबार पहिलो दिन ११ सय ६८ पुरुष र ४ सय ८० महिला गरी कूल १६ सय ४८ जनाले म्यादी प्रहरीमा जागिर पाउन फाराम भरेका छन् ।

शुक्रबार बिहानैदेखि सिमसिमे पानीका बावजुद म्यादीको आवेदन दिन छाता ओढेर भए पनि युवायुवतीको लाम लागेको छ । बिहान १० बजेदेखि फारम लिने भए पनि बिहान ८ बजेदेखि नै लाइन लागेको छ ।

जिल्लामा भर्नाका लागि रहेको संख्याभन्दा धेरै बढीले आवेदन दिने अनुमान गरिएको छ । बिहीबारदेखि सुरु भएको आवेदन लिने कार्य असोज ६ गतेसम्म कायम गरिएको डीएसपी काफ्लेले बताए ।


प्रकाशित : भाद्र ३१, २०७९ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?