कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मकवानपुरबाट ६ सय खसी-बोका किन्दै खाद्यको वीरगन्ज शाखा

शंकर आचार्य

पर्सा — नजिकिँदै गरेको दसैँलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले ६ सयवटा खसी-बोका खरिद गर्ने भएको छ । शाखाले मकवानपुरबाट १ हजारवटा बोका खरिद गर्न लागेको भए पनि अहिले ६ सयवटा खसी-बोकाको मात्र कोटा आएको शाखा प्रमुख विकास कटुवालले जानकारी दिए ।

मकवानपुरबाट ६ सय खसी-बोका किन्दै खाद्यको वीरगन्ज शाखा

‘यस वर्ष केन्द्रबाट ६ सय वटा खसी-बोका खरिदको कोटा आएको छ,’ उनले भने, ‘पर्सा बारामा पर्याप्त खसी-बोका नपाइने भएकाले मकवानपुरबाट खरिद गर्ने भएका हौं ।’

खसी-बोका खरिदका लागि कार्यालयको कर्मचारी टोली अर्को साता मकवानपुर जान लागेको उनले बताए । १८ किलोमाथिको वजनको बोका प्रतिकिलो ५ सय २० रुपैयाँमा शाखाले खरिद गरिने उनले बताए ।

त्यसैगरी, २० देखि २५ किलोको खसी प्रतिकिलो ५ सय ७५ रुपैयाँ र २५ किलोमाथिको खसी प्रतिकिलो ५ सय ९९ रुपैयाँमा खरिद गर्न लागिएको उनले बताए । मकवानपुरमा खरिद गरिएको खसी-बोका संघीय राजधानी काठमाडौं लगिने उनले बताए ।

त्यस्तै शाखाले असोज १ देखि कात्तिक १५ सम्म सहुलियत छुट मूल्य पसलसमेत सञ्चालन गर्ने भएको छ । कटुवालका अनुसार पसलबाट साविकको भन्दा सस्तो मूल्यमा स्टिम जिरा मसिनो र सोना मन्सुली चामल बिक्री गरिने भएको हो ।

प्रकाशित : भाद्र ३०, २०७९ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?