कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पर्साबाट २७ किलो चरेससहित ३ जना पक्राउ

शंकर आचार्य

पर्सा — प्रहरीले पर्सागढी नगरपालिकाबाट ठूलो परिमाणमा लागूऔषध चरेश सहित ३ महिलालाई पक्राउ गरेको छ । करिब २७ किलो चरेससहित मकवानपुरको मनहरी गाउँपालिका–८ की ४२ वर्षीया कल्पना मोक्तान, ३६ वर्षीया कवितामाया बल र २३ वर्षीया रीता विश्वकर्मा पक्राउ परेका हुन् । 

मोक्तानको झोलाबाट ८ किलो ६ सय ९० ग्राम, बलको झोलाबाट ५ किलो १ सय १० ग्राम र विश्वकर्माको झोलाबाट १३ किलो ८ सय ग्राम चरेश बरामद भएको हो ।

उनीहरूलाई प्रहरीले बुधबार राति साढे ७ बजेको समयमा पर्सागढी नगरपालिका–२ बागबानाबाट पक्राउ गरेको हो । अस्थायी प्रहरी पोस्ट मनवाबाट खटिएको प्रहरी टोलीले चेक गर्ने क्रममा जितपुरबाट मनवातर्फ जाँदै गरेको ना २ ह ३१८६ नम्बरको सार्वजनिक अटोलाई रोकी चेक गर्दा अटोमा सवार ती महिलाहरूले बोकेको झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा चरेस बरामद भएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिइ आवश्यक कारवाही प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र ३०, २०७९ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?