कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दशगजामा पुरुषको शव भेटियो 

अवधेशकुमार झा

राजविराज — नेपाल-भारत सीमाको दशजगामा बुधबार एक पुरुषको शव फेला परेको छ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ भन्सार चौकबाट रामपुर मल्हनिया जानेबाटोको दायाँतर्फ कुनौली जाने दशगजामा अन्दाजी ४५ वर्षका पहाडी मुलका देखिने पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । 

घोप्टो परेको अवस्थाका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे सप्तरी प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

प्रहरीले तस्बिर सार्वजनिक गर्दै पहिचान गर्न आग्रह गरेको छ । प्रहरीले शव पहिचान गरी जिल्ला प्रहरीमा सम्पर्क गर्न आफन्तलाई आग्रह गरेको छ । शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ ।

प्रकाशित : भाद्र २९, २०७९ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?