पर्याप्त छैनन् कक्षाकोठा र शिक्षक

सुनिता बराल

महोत्तरी — महोत्तरीको सम्सी गाउँपालिकाको राष्ट्रिय माध्यमिक विद्यालयमा एउटै कक्षाकोठामा तीनवटा कक्षाका विद्यार्थी कोचिएर पढ्छन् । फरकफरक कक्षाको पढाइ एउटै कोठामा हुँदा विद्यार्थी अन्योलमा पर्ने गरेका छन् । 

पर्याप्त छैनन् कक्षाकोठा र शिक्षक

विद्यालयमा भवनसँगै शिक्षकको पनि अभाव छ । उपल्ला कक्षाका विद्यार्थीलाई प्राथमिक तहका शिक्षकले पढाउनुपर्ने बाध्यता छ । त्यसमाथि दैनिक २ घण्टा मात्रै विद्यालय सञ्चालन हुने गरेको विद्यार्थर्कीो गुनासो छ ।

प्रावि तहका शिक्षक हरिशंकरलाल कर्ण मावि तहमा सामाजिक र स्वास्थ्य विषय पढाउँछन् । कर्ण मात्रै हैनन् दरबन्दीमा भएका शिक्षक, राहत र निजी स्रोतबाट राखिएका शिक्षक पनि प्राविकै छन् । विद्यालयमा ४ जना दरबन्दी, २ जना निजी स्रोत, २ जना राहतका प्रावि शिक्षक र २ जना बालकक्षाका शिक्षक छन् ।

विद्यालयमा एउटै कोठामा ३ वटासम्म कक्षा चलाउने गरिन्छ । कक्षा २ का ४५ जना र ३ का ५० जना विद्यार्थालाई एकैठाउँमा राखेर अध्ययापन गराइरहेकी शिक्षिका बिना राउतले एकैठाउँमा फरकफरक कक्षा सञ्चालन गर्न अप्ठ्यारो हुने बताइन् ।

विद्यालयमा बाल विकास र कक्षा १ पनि एउटै कोठामा सञ्चालन गरिएको छ । तीन सयभन्दा बढी विद्यार्थी अध्यनरत उक्त विद्यालयमा जम्मा १० जना शिक्षक छन् । विषयगत शिक्षक नभएको र भएका शिक्षकले पनि विद्यालयमा हाजिर मात्र गर्ने गरेको विद्याथीको गुनासो छ । यसबारेमा प्रधानाध्यामकलाई गुनासो गर्दा पनि सुनुवाइ नभएको उनीहरूले बताए ।

विगत ५ वर्षदेखि विद्यालयमा शिक्षकको समस्या देखिँदै आएको हो । विद्यालय व्यवस्थापन समितिले समस्या समाधान गर्न नसक्दा र मावि तहमा शिक्षक नहुँदा विद्यार्थी आन्दोलित भएका शिक्षक कर्णले बताए ।

अहिले विद्यालयमा राजनितिक दल र दलका व्यक्तिले विद्यार्थीलाई आन्दोलन गर्न उक्साएको प्रधानाध्यापक रामबाबु यादवको आरोप छ । अहिले जसोतसो विद्यालय चलाइरहेको भन्दै उनले अबको निर्वाचनपछि पढाइमा सुधार गर्ने बताए ।

प्रकाशित : भाद्र २९, २०७९ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?