१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३
तस्बिरहरू

गंगासागरमा पितृलाई जल चढाउने घुइँचो

सन्तोष सिंह

धनुषा — जनकपुरको गंगासागरमा आफ्नो पितृको सम्झनामा जल तर्पण गर्नेको घुइँचो लागेको छ । सोह्रश्राद्धको पहिलो दिन काँक्रो र कुश लिएर दिवङ्गत पुर्खालाई जल चढाउने परम्परा छ । सोह्रश्राद्धको पहिलो पितृलाई जल दिन जनकपुरको गंगासागरमा भारत र नेपालबाट हजारौंको संख्यामा श्रद्धालु सहभागी भएका हुन् ।

गंगासागरमा पितृलाई जल चढाउने घुइँचो

दिवङ्गत पुर्खालाई तिथि मिलाएर तर्पण, पिण्डदान र ब्राम्हण भोजन गराउने परम्परा छ ।

आश्विन कृष्ण पक्षदेखि सोह्रश्राद्ध सुरु हुन्छ । सोह्र दिनसम्म चल्ने यस श्राद्धलाई पितृ पक्ष पनि भनिन्छ ।

तर्पणमा सहभागी १६ दिन सम्म माछा मासु नखाई नजिकको जलाश्यमा पितृलाई पानी दिनेछन् ।


प्रकाशित : भाद्र २५, २०७९ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?