कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

धैरै सिट छोड्दा पार्टीभित्र विद्रोह हुन सक्छ : कोइराला

'कांग्रेसको नेतृत्वमा सरकार बनाउने अर्को उद्देश्य हो'
सन्तोष सिंह

धनुषा — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचनमा कांग्रेसको एकल बहुमतसहित सरकार बनाउन गठबन्धन भएको बताएका छन् । 'पाँच वर्षसम्म कांग्रेसको नेतृत्वमा सरकार टिकाउन कमसेकम १ सय सिट आवश्यक छ,' कोइरालाले भने,‘गठबन्धनमा सहभागी दलले कांग्रेसलाई सय सिट दिने पक्षमा हुनुहुन्न ।’ गठबन्धनका कारण घट्ने सिटले समानुपातिक मतमा समस्या हुने उनले बताए ।

धैरै सिट छोड्दा पार्टीभित्र विद्रोह हुन सक्छ : कोइराला

'गठबन्धनमा तालमेल हुँदा धैरै सिट छोड्दा सामनुपातिक मत कम हुन सक्छ,' उनले भने,‘धैरै सिट छोड्दा पार्टीभित्र विद्रोह हुन सक्छ । विचार र सिद्धान्त नमिल्नेसँग गठबन्धन बाध्यात्मक स्थितिमा गरिएको हो ।’ कांग्रेस पुरानो पार्टी रहेको र आकांक्षीहरु धेरै रहेकोले कांग्रेस एक्लै निर्वाचनमा सहभागी भए पनि १६५ सिटले नपुग्ने भएकोले पार्टीभित्र विद्रोह हुने जोखिम रहेको उनले बताए ।

बिहीबार जनकपुरधाममा आयोजित बीपी विचार, प्रेस तथा अभव्यक्ति स्वतन्त्रता र अबका चुनौती विषयक विचार गोष्ठी कार्यक्रममा कोइरालाले गठबन्धन पवित्र भएको नभएको चुनावपछि थाहा हुने बताए । निर्वाचनका लागि गठबन्धन हुँदा कांग्रेस संकटको स्थितिबाट गुज्रिनु परेको उनले बताए ।

'संविधानलाई डिनाए गर्न एमालेले गरेको प्रयास असफल बनाउन भएको गठबन्धनमा कुनै दलको विचार र सिद्धान्त एक अर्कासँग मिल्दैन,' उनले भने,‘एमालेलाई गठबन्धनले परास्त गर्‍यो । अब निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने अर्को उद्देश्य हो ।’ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गठबन्धन गरेका दलहरुको वैदेशिक नीतिमा न्यूनतम समझदारी हुनुपर्ने उल्लेख गरिएको उनले बताए ।

प्रकाशित : भाद्र २३, २०७९ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?