कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बारा निर्वाचन क्षेत्र नं ४ बाट महन्थ ठाकुर सिफारिस

लक्ष्मी साह

बारा — आगामी मंसिर ४ मा हुने चुनावका लागि प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा बारा निर्वाचन क्षेत्र नं ४ बाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम सिफारिस भएको छ ।

बारा निर्वाचन क्षेत्र नं ४ बाट महन्थ ठाकुर सिफारिस

लोसपाको क्षेत्रीय कमिटीको सोमबार बसेको बैठकले सांसद ठाकुरलाई संघीय चुनावमा प्रत्यक्षको लागि सिफारिस गरेको हो । उनीसँगै सोही निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित संघीय सांसद एकवाल मियाँ पनि सिफारिसमा परेका छन् ।

यस्तै पार्टीका नेता शिवजी साह र पार्टी क्षेत्रीय अध्यक्ष सिताराम गुप्ताको पनि नाम सिफारिस गरिएको पार्टीका जिल्ला अध्यक्ष नवलकिशोर सिंहले बताए ।

यसअघि महोत्तरीको निर्वाचन क्षेत्र नं ३ बाट पनि ठाकुरलाई सिफारिस गरिसकिएको छ । ठाकुर अहिले महोत्तरी ३ बाट प्रत्यक्ष तर्फ निर्वाचित संघीय सांसद हुन् ।

प्रकाशित : भाद्र २०, २०७९ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?