१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

रौतहटमा करेन्ट लागेर किशोरीको मृत्यु 

शिव पुरी

रौतहट — रौतहटमा नुहाउने क्रममा करेन्ट लागेर आइतबार किशोरीको मृत्यु भएको छ । गरुडा नगरपालिका २ गेडही–गुठीका १४ वर्षीया अमरिका सहनीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

नुहाउने क्रममा करेन्ट लागेर घाइते भएकी किशोरीलाई उपचारका लागि अस्पताल लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले बताए ।

नगर प्रमुख कन्थमणि जयसवालले आइतबार नै अस्पतालमा पुगेर मृतकको परिवारलाई किरिया खर्चबापत २५ हजार रुपैयाँ दिएका छन् ।


प्रकाशित : भाद्र १९, २०७९ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?