कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सिराहामा करेन्ट लागेर युवकको मृत्यु

भरत जर्घामगर

सिराहा — सिराहामा करेन्ट लागेर शनिबार एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जिल्लाको नरहा गाउँपालिका–५ का २२ वर्षीय सुनिल यादवको करेन्ट लागेर मृत्यु भएको हो । बिहान हात मुख धुनका लागि घरमै रहेको पानी तान्ने मोटरको तार विद्युतीय बोर्डमा जोडने क्रममा करेन्ट लागेर यादव घाइते भएका थिए ।

घाइते उनलाई धनगढीमाई नगरपालिका–९ स्थित आरके मेडिसीटि अस्पतालमा पुर्‍याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित : भाद्र १८, २०७९ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?