२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सिरहामा करेन्ट लागेर बाबुछोराको मृत्यु

भरत जर्घा मगर

सिरहा — सिरहामा करेन्ट लागेर बिहीबार बाबु र छोराको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार गोलबजार नगरपालिका–६ का विजय साह र उनका छोरा १९ वर्षीय अमर साहको करेन्ट लागेर मृत्यु भएको हो ।

घरनजिकैको इनारमा मोटर जोड्ने क्रममा विजय साहलाई करेन्ट लागेपछि उनलाई बचाउन पुगेका छोरा अमरलाई समेत करेन्ट लागेपछि दुवै घाइते भएका थिए ।

उनीहरूलाई उपचारका लागि लहान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १६, २०७९ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?