कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सर्लाहीमा दिन दहाडै डकैती

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने गोडैता बजारमा सञ्चालनमा रहेको एक आईएमईमा शुक्रबार बिहान डकैती भएको छ । नकाबधारी समूहले हतियार देखाई ८ लाखभन्दा बढी रकम लिएर फरार भएका छन् । घटनालगत्तै प्रहरी नायब उपरीक्षकको कमान्डमा प्रहरी परिचालन गरिएको छ ।

चार जनाको समूहमा हतियारसहित आएका नकाबधारीको समूहले गोडैता नगरपालिका–८ बजारमा सञ्चालनमा रहेको आईएमई पसलमा लुटपाट गरेको हो । लुटेराको समूहले आईएमईको एक थान कम्प्युटरसहित ८ लाख ५० हजार रुपैयाँ लुटेर लगेको छ । बिहान १० बजेको समयमा दुईवटा मोटरसाइकलमा चार जना नकाबधारी समूह हतियार देखाई लुटपाट गरेको सञ्चालक शुभनारायण पण्डितले बताए । वडाध्यक्ष मिरेन्द्रकुमार झाले गोडैताको मुख्य बजारमै लुटपाट भएको जानकारी दिए । उनका अनुसार दुई सय मिटर भित्रमा प्रहरीचौकी रहेको छ ।

घटनाको जानकारी पाए लगत्तै त्यस क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजय यादवको नेतृत्वमा त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको हो । प्रहरी नायब उपरीक्षक यादवले घटना बारेमा सोधपुछ तथा लुटेरा समूहको पहिचानमा प्रहरी जुटेको बताए । उनले यस घटनामा सुक्ष्म तरिकाले अनुसन्धान सुरु भएको जानकारी दिए ।

प्रकाशित : भाद्र १०, २०७९ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?