धमाधम मल बिक्री 

सबैभन्दा बढी मल मधेस प्रदेशका जिल्लाले पाएका छन्
शंकर आचार्य

पर्सा — किसानलाई मलको आवश्यकता रहेको बेला कृषि सामग्री कम्पनी मधेस प्रादेशिक कार्यालय वीरगन्जले ३ दिनमा ३ हजार २ सय ५२ मेट्रिक टन युरिया मल बिक्रीवितरणका लागि पठाएको छ ।

धमाधम मल बिक्री 

कार्यालयका सूचना अधिकृत आलोक कुमारका अनुसार, भारतको कोलकाता बन्दरगाहबाट वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आएको मल आइतबार देखि कम्पनीको गोदाम सम्म प्राप्त हुन थाले लगत्तै कार्यालयले मल परिचालनको काम पनि सुरु गरेको छ । ‘यस अवधिमा कार्यालयको गोदामसम्म ४ हजार ७ सय मेटन युरिया मल प्राप्त भएको छ,’ उनले भने, ‘त्यस मध्ये ३ हजार २ सय ५२ मेटन मल परिचालन गरी सकेका छौं ।

हालसम्म परिचालित मध्ये सबै भन्दा बढी मल मधेस प्रदेशका जिल्लाले पाएका छन् । यस अवधिमा मधेश प्रदेशको जनकपुरमा ३ सय ६० मेटन, ढल्केवरमा ६ सय २१ मेटन, नवलपुरमा ५९ मेटन, चन्द्रनिगाहापुरमा ३ सय ९२ मेटन र कलैयामा ४ सय ४० मेटन मल पुगेको छ ।

त्यसैगरी, गण्डकी प्रदेशको पर्वतमा ४२ मेटन र पोखरामा २१ मेटन मल परिचालन गरिएको छ । वाग्मती प्रदेशको काठमाडौंमा ५१ मेटन, त्रिशूलीमा १ सय ९ मेटन, गजुरीमा ६३ मेटन, सिन्धुलीमा ४ सय २० मेटन, भरतपुरमा ४ सय ३९ मेटन र हेटौंडामा २ सय ३५ मेटन मल परिचालन भएको छ ।

ग्लोबल टेन्डरबाट मल आपूर्तिको ठेक्का पाएको स्विस सिंगापुर कम्पनीले भारतको कोलकाता बन्दरगाह हुँदै उक्त मल वीरगन्ज ल्याइरहेको छ । एक रेल्वे र्‍याकमा सामान्यतः २ हजार ५ सय मेटन मल हुने गरेको छ । मंगलबारसम्म कोलकाताबाट ५ रेल्वे र्‍याक मल वीरगन्ज आइसकेको र बाँकी ४ र्‍याक मल भारतीय रेल मार्गमै रहेको कुमारले जानकारी दिए ।

कुल ३० हजार मेटन युरिया मल आपूर्तिको ठेक्का पाएको स्विस सिंगापुरले कम्पनीले वीरगन्ज प्रादेशिक कार्यालय र भैरहवा प्रादेशिक कार्यालय गरी दुवै कार्यालयका लागि सिर्सिया सुक्खा बन्दरगाहमा २२ हजार ५ सय मेटन मल ल्याएको छ । कूल ३० हजार मेटन मलमा १० प्रतिशत अर्थात् ३ हजार मेटन मल बफर स्टक (सरकारी कार्यालय तथा आयोजनाहरूका लागि छुट्याउने) मा राखिँदै छ ।

त्यसपछि बाँकी मलमध्ये १२ हजार मेटन वीरगन्ज, १० हजार ५ सय मेटन भैरहवा र ४ हजार ५ हजार मेटन विराटनगर प्रादेशिक कार्यालयले पाउने कुमार बताउँछन् । विराटनगरको मल कोलकाताबाट ट्रकमा ढुवानी गरी पूर्वी नाकाबाट आइरहेको छ ।

कम्पनी मधेस प्रादेशिक कार्यालयले कुल मलको ३२ दशमलव ०२ प्रतिशत मल पाउने छ । भैरहवाका लागि आएको मल ट्रकबाट धमाधम ढुवानी गरी त्यसतर्फ लगिदैं छ । यसबर्षदेखि आयातित मल केन्द्रीय कृषि प्रयोगशाला हरिहर भवनमा परीक्षण गरेपछि मात्र भन्सार कार्यालयबाट जाँचपास गरिएको छ ।

प्रकाशित : भाद्र २, २०७९ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?