कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बिलभन्दा फरक सामग्री ढुवानी गर्ने ट्रक प्रहरी नियन्त्रणमा

कान्तिपुर संवाददाता

काठमाडौँ — बिल बिजकभन्दा फरक सामानहरू ढुवानी गरेको भेटिएपछि एउटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिलभन्दा फरक सामग्री ढुवानी गर्ने ट्रक प्रहरी नियन्त्रणमा

चामलको बिल साथमा लिई राजश्व छलेर चोरी-पैठारी गरी ल्याइएका सुर्ती, चेरी पान मसला र चैनी पान मसला बोकेको ट्रकलाई वीरगन्ज प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सोमबार राति वीरगञ्ज महानगरपालिका २१ परवानीपुर चोकबाट ना. ८ ख ३४२६ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीका अनुसार उक्त मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा ट्रकमा लोड गरिएका चामलको बिल मात्र साथमा रहेको तर सूर्तीजन्य वस्तु पनि लोड गरेको पाइएको थियो ।

यस क्रममा १६ बोरा सूर्ती, १४ बोरा चैनी पान मसला तथा १० बोरा चेरी पान मसला ट्रकमा ढुवानी गरेको बताइएको छ । उक्त ट्रकलाई नियन्त्रणमा लिई ३८ लाख ६० हजार १०० मुल्य बराबरको सामग्री बरामद गरी कारबाहीका लागि मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?