सप्तरीमा डुबेर २ जनाको मृत्यु

कान्तिपुर संवाददाता

राजविराज — सप्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । विष्णुपुर गाउँपालिका कट्टिस्थित मुसहरीमा रहेको सार्वजनिक पोखरीमा कमलको फूल टिप्ने क्रममा ३५ वर्षीय शिव शंकर सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सोमबार दिउँसो पोखरीमा फूल टिप्न गएका सदाको मंगलबार दिउँसो प्रहरीले शव फेला पारेको हो ।

यस्तै छिन्नमस्ता गाउँपालिका–४ लालापटीस्थित पोखरीमा २ वर्षीय बालकको डुबेर मृत्यु भएको छ । आफन्तकहाँ पाहुना आएका झापा घैलाडुवाका संजय पण्डितको २ वर्षीय छोरा दिप पोखरीमा खेल्ने क्रममा घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २४, २०७९ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?