१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पैदल वीरगन्जदेखि दिल्ली

कान्तिपुर संवाददाता

पर्सा — वीरगन्जका युवा मुन्ना शेखले वीरगन्जदेखि भारतको राजधानी नयाँ दिल्लीसम्मको पैदलयात्रा थालेका छन् । वीरगन्ज २ छपकैयाका ३० वर्षीय शेखले नेपाललाई विश्वमा चिनाउने उद्देश्यले १ हजार ६० किलोमिटर लामो पैदलयात्रामा निस्किएका हुन् ।

शेखलाई शनिबार घण्टाघर चोकमा आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बिदाइ गरे । शेख राष्ट्रिय पोसाक दौरासुरुवाल र ढाकाटोपी लगाएर यात्रामा निस्किएका छन् ।

उनले नेपाल र भारतको झन्डा पनि बोकेका छन् । नेपाललाई चिनाउनुको साथै नेपाल–भारतबीच रहेको रोटीबेटीको सम्बन्धलाई अझै बलियो बनाउने र नेपालको पर्यटन प्रवर्द्धन गर्ने आफ्नो उद्देश्य रहेको शेखले बताए ।

प्रकाशित : श्रावण २३, २०७९ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?