कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोसीमा पानीको बहाव घट्दै, ३३ ढोका खुला [अपडेट]

अवधेशकुमार झा

राजविराज — कोसी नदीमा पानीको बहाव केही घटेको छ । कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार शनिबार साँझ ८ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख २९ हजार ५५ क्युसेक प्रति सेकेन्डका दरले बहाब भइरहेको छ । यो मापनपछि ब्यारेजका ३३ वटा ढोका खुल्ला छ । 

कोसीमा पानीको बहाव घट्दै, ३३ ढोका खुला [अपडेट]

यसअघि साँझ ७ बजेको मापनमा २ लाख ३१ हजार ९ सय २० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव भइरहेको थियो । त्यतिबेला ३४ वटा ढोका खोलिएको थियो ।

...........

सप्तकोसी नदीमा पानीको बहाव झन् बढ्दै गइरहेको छ । शनिबार साँझ ६ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख ३१ हृजार ९ सय २० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

शनिबार दिउँसो ३ बजेको मापनअनुसार पानीको बहाव २ लाख २३ हजार ७७५ क्युसेक प्रतिसेकेन्ड र मध्याह्न १२ बजे २ लाख २ हजार ४ सय ७५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भइरहेको थियो । यसै साता कोसीको बहाव २ लाख ४३ हजार क्युसेकसम्म पुगेको थियो । पानीको बहाव बढेसँगै ५६ मध्ये अहिले ३४ ढोका खुला गरिएको छ ।

सन् १९६२ मा कोसी ब्यारेज निर्माण सम्पन्न भएपछि हालसम्म सबभन्दा बढी पानीको बहाव सन् १९६८ को ५ अक्टुबारका दिन भएको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । नियन्त्रण कक्षका भारतीय अधिकारीहरुका अनुसार सो दिन कोसी ब्यारेज भएर ७ लाख ८८ हजार २ सय क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाव भएको थियो । त्यो दिन ब्यारेजभन्दा माथि चतरामा भने ९ लाख १३ हजार क्युसेक बहाव मापन गरिएको थियो ।

कोसी ब्यारेज निर्माणपछि यसको क्षमता साढे ९ लाख क्युसेक प्रतिसेकेन्डका दरले पानीको बहाव हुन सक्ने भनिएको थियो । तर नदीमा बालुवा थुप्रिएकाले पूर्ण क्षमतामा ब्यारेज पानीको बहाव हुन सक्ने अवस्था नरहेको प्राविधिकहरुले बताउँदै आएका छन् । विज्ञहरुका अनुसार कोसीमा अत्यधिक पानीको बहाव हुनेबित्तिकै तटबन्ध होचो रहेको स्थानमा ओभरफलो हुने खतरा हुने गरेको छ भने अत्यधिक बहाव पनि बहाव घटदै गए कटान तीव्र हुने गरेको छ ।

सन् १९८७ को ११ अगस्टका दिन कोसी ब्यारेज हुँदै ५ लाख २३ हजार ७ सय ७१ क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाव भएको थियो । यस्तै सन् १९८४ को १७ सेप्टेम्बरमा ५ लाख १ हजार ७ सय ८७ क्युसेक पानीको बहाव भएको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

नियन्त्रण कक्षका अधिकारीहरुका अनुसार गत वर्ष अगस्टमै कोसी ब्यारेज हुँदै २ लाख ७४ हजार क्युसेक पानीको बहाव भएको थियो ।

तटिय क्षेत्रमा सतर्क रहन समेत आग्रह गरिएको सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए ।

प्रकाशित : श्रावण २१, २०७९ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?