कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोसीको बाढीले सप्तरीको हनुमाननगरमा विद्यालय र स्वास्थ्य चौकी भवन क्षेत्र कटान

अवधेश झा

काठमाडौँ — सप्तकोसीको बाढीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ मा विद्यालय भवन र स्वास्थ्य चौकी क्षेत्र कटान गर्न थालेको छ । उक्त वडाको गोबरगाढामा रहेको आधारभूत विद्यालय कटान गरिरहेको वडाअध्यक्ष कुसेश्वर यादवले जानकारी दिए ।

कोसीको बाढीले सप्तरीको हनुमाननगरमा विद्यालय र स्वास्थ्य चौकी भवन क्षेत्र कटान

त्यस्तै विद्यालय नजिक रहेको स्वास्थ्यचौकी पनि कटान भइरहेको छ । ती भवनहरु बाढीले बगाउने अनुमानमा पहिल्यै छानो र सामान सारिएको थियो ।

कोसीको मध्यभागमा पर्ने गोबरगाढा बस्तीमा अहिले ३ सय मानिस रहेको अध्यक्ष यादवले जानकारी दिए ।

सप्तकोसी ३४ वर्षपछि पुरानै धारमा फर्किंदा उदयपुर र सप्तरीका बस्तीहरु प्रभावित भएका छन् । सप्तकोसीले कटान गरेपछि उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका छन् ।

प्रकाशित : श्रावण १८, २०७९ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?