कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चुरे संरक्षणको माग गर्दै सडकमै सुतेर प्रदर्शन

कान्तिपुर संवाददाता

जनकपुरधाम — चुरे संरक्षणको माग गर्दै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले आइतबार जनकपुरधामस्थित सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् । विगत दुई सातादेखि रिले अनशन बस्दै आएका भूमिहीन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् । 

रिले अनशनमा बस्दै आए पनि प्रदेश सरकारले आफूहरुका समस्याप्रति गम्भीरता नदेखाएकाले दबाब दिन सडकमै सुतेर प्रदर्शन गरेको उनीहरूले बताएका छन् । सिरहाको चोहर्वास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेनको जग्गा फिर्ता हुनुपर्ने, चुरे जंगलको संरक्षण गर्नुपर्नेलगायत विभिन्न पाँचबुँदे माग राख्दै चुरे तथा वनजंगल संरक्षण अभियानका अभियन्ताहरू आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित : श्रावण १५, २०७९ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?