२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बालिका बलात्कारपछि हत्या आरोपमा बालकसहित तीन जना पक्राउ

भूषण यादव

वीरगन्ज — चार वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले वीरगन्जबाट तीन जनालाई नियन्त्रणमा लिएको छ । शनिबार बिहान ७ बजे वीरगन्ज महानगरपालिका– २ छपकैयास्थित खाली जमिनको झाडीमा ४ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी थिइन् ।

बालिका बलात्कारपछि हत्या आरोपमा बालकसहित तीन जना पक्राउ

ती बालिका साउन ५ गते बेलुका ७ बजेदेखि हराएको भन्दै उनका हजुरबुवाले प्रहरीमा उजुरी दिएका थिए । प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीका अनुसार बालिकाको शव फेला परेपछि अनुसन्धानको क्रममा एक १२ वर्षीय बालकको संलग्नता खुलेको थियो ।

ती १२ वर्षीय बालकसँगको सोधपुछका क्रममा अन्य तीन जनाको पनि संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बालिकालाई सामूहिक रुपमा जबरजस्ती करणीपछि कर्तव्य गरी मारेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्तासमेत रहेका डीएसपी कार्कीले बताए ।

जबर्जस्ती करणी तथा हत्यामा संलग्न रहेको अभियोगमा १२ वर्षीय बालक, वीरगन्ज महानगरपालिका– २ छपकैया बस्ने १९ वर्षीय जफ्रुदीन र वीरगन्ज– १६ नगवा निवासी सलमान खानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका व्यक्तिको पनि पहिचान खुलिसकेकाले प्रहरीले खोजतलास गरिरहेको डीएसपी कार्कीले जनाए ।

बालिकाको शव पोस्टमार्टम गरी दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइएको डीएसपी कार्कीले जनाए । पक्राउ परेका आरोपितहरू विरुद्ध जबर्जस्ती करणी तथा कर्तव्य ज्यान सम्बन्धी कसूरमा आइतबार पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान थालिएको डीएसपी कार्कीले बताए।

प्रकाशित : श्रावण ८, २०७९ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?