९० केजी गाँजासहित २ जना भारतीय पक्राउ

शंकर आचार्य

पर्सा — प्रहरीले २ जना भारतीय नागरिकलाई ठूलो परिमाणमा लागूऔषध गाँजासहित पक्राउ गरेको छ ।

९० केजी गाँजासहित २ जना भारतीय पक्राउ

पक्राउ पर्नेमा भारत उत्तर प्रदेशस्थित कमलसागर गोपालपुर निस्फी घर भएका ३० वर्षीय रविकान्त भारती र बिहारको बेतीया जिल्ला पश्चिम चम्पारणस्थित डाकघर तेलुवा वडा नम्बर १० घर भएका २८ वर्षीय सुनिल भारती छन् ।

उनीहरूलाई प्रहरीले मंगलबार राति १० बजे वीरगन्ज महानगरपालिका वडा नं २८ बगही गेट नजिकबाट पक्राउ गरेको हो । उक्त बाटो हुँदै गाँजा ओसारपसार भइरहेको सूचनाका अधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले युपी ७० बिके ९९५५ नम्बरको कारलाई रोकेर जाँच गर्दा उक्त कारको डिकी र सिटमुनि लुकाएर राखेको अवस्थामा ९० किलो गाँजा फेला परेको थियो ।

पक्राउ परेका दुबै जनालाई लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

प्रकाशित : असार २२, २०७९ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?