कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई सातापछि तीन वर्षीया बालक अपहरणमुक्त, महिला पक्राउ 

सन्तोष सिंह

धनुषा — जनकपुरबाट अपहरणमा परेका बालकलाई प्रहरीले दुई सातापछि अपहरणमुक्त गरेको छ । भारत सितामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका ७ भ्रमरपुराचोकस्थित डेरा गरटी बस्ने हरिओम चौधरीका ३ वर्षीय छोरा सोहनको दुई सातापछि प्रहरीले अपहरणमुक्त गर्न सफल भएको हो । 

अपहरणमा संलग्न आरोपमा एक महिलालाई प्रहरीले बालकसहित पक्राउ गरेको हो । महोत्तरीको पिपरा गाउँपालिका ४ बस्ने ५५ वर्षीया मैथुन खातुनलाई बालकसहित प्रहरीले मंगलबार दिउँसो फेला पारेको हो ।

बालकलाई लिएर खातुन आफ्नै घरमा लुकेकी थिइन् । विशेष सुराकीको आधारमा पत्ता लगाई बालकको उद्धार गरी ती महिलालाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए ।

गत असार ६ गते बिहान ७ बजे घर अगाडि खेल्न कोठाबाट बाहिर निस्केका बालक अपहरणमा परेका थिए । एक महिलाले बालक लगेको स्थानीयले भने पनि ती महिलाको परिचय खुलेको थिएन ।

पक्राउ परेकी खातुनउपर अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दायर गरी थप अनुसन्धान अगाडि बढाएको एसपी रजौरेले बताए ।

प्रकाशित : असार २१, २०७९ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?