कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

वाग्मतीले बगाएर दुई भारतीय बेपत्ता

शिव पुरी

रौतहट — रौतहटको चन्द्रपुर १ स्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका दुई भारतीय युवकहरू शनिबार वाग्मती नदीमा बेपत्ता भएका छन् । उनीहरूसँगै नदीमा परेका एक जनाको उद्धार भएको छ ।

वाग्मतीले बगाएर दुई भारतीय बेपत्ता

भारतको जिल्ला सीतामडि कोटबजार बस्ने २७ वर्षीय सुमन साह, ३० वर्षीय मयक अग्रवाल र ३० वर्षीय गोलु कुमार बीआर ०१ एचएफ ६६१९ नम्बरको कारमा पर्यटकीय स्थल नुनथर घुम्न आएका थिए। नुनथर क्षेत्र घुमेपछि वाग्मती नदीमा पौडी खेल्न गएका तीनै जनालाई नदीले बगाएपछि दुई जना बेपत्ता भएका हुन् ।

चुरे क्षेत्रमा पानी परेपछि वाग्मतीमा बाढी आएको छ । घटनालगत्तै पौराहीबाट प्रहरी सहायक निरीक्षक गजेन्द्र यादवको नेतृत्वमा उद्धार टोली पुगेको थियो । नदीमा पौडिने क्रममा बेपत्ता भएका सुमनलाई स्थानीयले तत्कालै उद्धार गरेका थिए ।

उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको प्रहरीले जनायो । सुमनको अवस्था खतरामुक्त रहेको छ । घटनापछि इलाका प्रहरी चन्द्रनिगाहपुरबाट डीएसपी सन्तु जैसवारको नेतृत्वमा ७ जनाको टोली खोजी कार्यमा जुटेको बताइएको छ ।

डीएसपी जैसवारले मयक र गोलु कुमार बेपत्ता भएको र उनीहरूको खोजी कार्य जारी रहेको बताए । पूर्वपश्चिम राजमार्गबाट एक किलोमिटर उत्तरमा रहेको नुनथर क्षेत्र घुम्न ठूलो संख्यामा भारतीयहरू आउने गर्छन् । तीनै जना घुमघामपछि पौडी खेल्न गएका बेला बेपत्ता भएका हुन् ।

प्रकाशित : असार १८, २०७९ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?