कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सहिद परिवारलाई मासिक भत्ता

जनकपुर — मधेस प्रदेश सरकारले मधेस आन्दोलन र माओवादी सशस्त्र संघर्षमा सहिद भएका व्यक्तिका परिवारलाई मासिक भरणपोषण भत्ता दिने निर्णय गरेको छ ।

आन्दोलनको क्रममा मृत्यु भएका र सरकारले सहिद घोषणा गरेका व्यक्तिका परिवारलाई मधेसी सहिद प्रतिष्ठानमार्फत भरणपोषणबापत मासिक २१ हजार रुपैयाँ भत्ता दिइने निर्णय भएको प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बताए ।

भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि, २०७९ को दफा (६) बमोजिम मधेस आन्दोलन तथा माओवादी सशस्त्र संघर्षमा सहिद भएका व्यक्तिका परिवारको आर्थिक अवस्था कमजोर भएको पाइएकाले त्यस्ता परिवारलाई पहिलो प्राथमिकतामा राखी मासिक अधिकतम २१ हजार रुपैयाँका दरले भत्ता दिने प्रतिष्ठानले निर्णय गरेको हो । प्रतिष्ठानका कार्यकारी निर्देशक छठु चौधरीका अनुसार सहिदका सन्तानलाई वार्षिक छात्रवृत्ति पनि दिइनेछ ।

यस्तै, कक्षा १ देखि ६ सम्मका विद्यार्थीलाई १६ हजार रूपैयाँ र कक्षा ७ देखि १२ सम्मका विद्यार्थीलाई १८ हजार रुपैयाँ एकमुस्ट वार्षिक छात्रवृत्ति प्रदान गरिने प्रतिष्ठानले जारी गरेको सूचनामा उल्लेख छ । यसअघि, प्रदेश सरकारले सहिद परिवारलाई एकमुस्ट ५ लाख रुपैयाँ प्रदान गरेको थियो ।

प्रकाशित : असार १७, २०७९ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?