गण्डक नहरमा यस वर्ष ढिला पानी आउने 

शंकर आचार्य

पर्सा — नेपालतर्फ गण्डक नहरमा २ स्थानमा पुल निर्माणको काम जारी रहेकाले यस वर्ष नहरमा धानबालीका लागि नियमित तालिकाभन्दा ढिलो गरी पानी आउने भएको छ ।

गण्डक नहरमा यस वर्ष ढिला पानी आउने 

निर्धारित समयमा नहरमा पानी नआउने भएपछि नहरमा आश्रित पर्सा र बाराका किसानले समयमै रोपाइँ गर्न नपाउने भएका छन् । भारतसँगको सम्झौता अनुसार बर्सेनि धान सिजनका लागि असार १५ र गहुँ सिजनका लागि पुस १० देखि नहरमा पानी आइसक्नु पर्छ ।

नारायणी सिंचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकृत इन्जिनियर सुवोध कुशवाहाका अनुसार, नहरअन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर २७ मा २ वटा ‘फुट ब्रिज’ निर्माणाधीन रहेको र तीन वटाको काम सम्पन्न भएकाले यस वर्ष नहरमा नेपालतर्फ पानी आउन ढिला हुने भएको हो ।

‘सर्वसाधारणको आवागमनमा सहजताका लागि नहरमा हाल २ वटा फुट ब्रिज निर्माणाधीन छन्, तिनको काम सक्न अझै करिब एक साता लाग्ने अनुमान छ,’ उनले भने, ‘असार २० देखि मात्र नहरमा पानी आउने सम्भावना छ ।’

भारतीय पक्षले नहरको ‘जिरो आरडी’ सम्म पानी दिइसके पनि नेपाली भूिममै नहरमा निर्माण कार्य भई रहेकाले नहरमा पानी प्रवाह गर्न समस्या भएको उनले बताए । ‘जिरो आरडीमा हाल भारतले करिब ४ सय क्युसेक पानी दिइसकेको छ,’ उनले भने, ‘हाम्रो निर्माण कार्य सम्पन्न भइनसकेकाले नहरमा नेपालतर्फ पानी ल्याउन नसकिएको हो ।’

प्रकाशित : असार १३, २०७९ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?