२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

जिसस सप्तरीको प्रमुखमा शिवनारायण

अवधेश झा

राजविराज — जिल्ला समन्वय समिति सप्तरीको प्रमुखमा नेपाली कांग्रेसका शिवनारायण साह विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीको गठबन्धनबाट उम्मेदवार भएका साह २३ मत प्राप्त गरी जिसस प्रमुखमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी र एमालेको संयुक्त गठबन्धनबाट उम्मेदवार भएका छेदी यादवले ११ मत प्राप्त गरे ।

यस्तै उपप्रमुखमा लोसपाका शम्भुकुमार यादव २० मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवकान्त चौधरीले १४ मत पाए । जिसस सदस्यहरुमा कांग्रेसका जागेश्वर यादव र रंजिताकुमारी चौधरी, लोसपाका सत्यनारायण मण्डल, जनमत पार्टीका प्राणवती सरदार र बुद्धिलाल यादव तथा एकीकृत समाजवादीका सविताकुमारी साह र बहुरी भगत निर्वाचित भएका छन् ।

प्रकाशित : असार १२, २०७९ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?