कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सप्तरीमा बस पल्टिँदा एकको मृत्यु, ११ जना घाइते

अवधेशकुमार झा

राजविराज — पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह–कोसी ब्यारेज खण्डमा बिहीबार बिहान १० बजे यात्रुबाहक बस पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

सप्तरीमा बस पल्टिँदा एकको मृत्यु, ११ जना घाइते

दुर्घटनामा मृत्यु भएकी महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

विराटनगरबाट भिमानतर्फ गइरहेको ना ५ ख १८९८ नम्बरको यात्रुबाहक बस ओभरटेक गर्ने क्रममा हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह–कोसी ब्यारेज खण्डमा सडकभन्दा तल पल्टेको थियो ।

बस पल्टिँदा स्थानीय र सुरक्षाकर्मीहरुले घाइते यात्रुहरुलाई उद्धार गरेपनि एक जना ५५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

बसमा सवारमध्ये ११ जना घाइते भएका छन् । उनीहरुको भारदह अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : असार ९, २०७९ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?