कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘कल बाइपास’ सञ्चालन गर्ने भारतीय पक्राउ

शंकर आचार्य

पर्सा — गैरकानुनी ढंगबाट कल बाइपास सेन्टर सञ्चालन गरी राजस्व चुहावट गरेको अभियोगमा प्रहरीले १ भारतीयलाई वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको जौनपुरका  ३८ वर्षीय इरफान सुफियान खान रहेका छन् । 

‘कल बाइपास’ सञ्चालन गर्ने भारतीय पक्राउ

उनलाई प्रहरीले मंगलबार साँझ ४ बजे वीरगन्ज महानगरपालिका-२ स्थित उनकै डेराबाट पक्राउ गरेको हो । खानले वीरगन्जमा कोठा भाडामा लिई विभिन्न इलेक्ट्रोनिक मेसिनहरू जडान गरी गैरकानुनी ढंगबाट कल बाइपास सेन्टर सञ्चालन गरेको सूचना प्राप्त भएपछि साइबर ब्युरो तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनको डेरा खानतलासी गरेको प्रहरीले जनाएको छ ।

त्यसै क्रममा उनी सुत्ने कोठाबाट कल बाइपास गर्न प्रयोग भएका इलेक्ट्रोनिक मसिन तथा अन्य प्राविधिक उपकरणहरू बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

खानको कोठाबाट ३२ पोर्टको भीओआईपी गेटवे १ थान, वर्ल्डलिंकको राउटर १ थान, टेन्डा कम्पनीको राउटर १ थान, माइक्रोटेक्स कम्पनीको इन्भर्टर १ थान, नेपाल टेलिकमको सिम कार्ड ४० थान र एनसेलको सिम कार्ड ५८ थान बरामद भएको प्रहरीले जनाएको छ । खानलाई नियन्त्रणमा लिई दूरसञ्चार ऐन २०५३ अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाइएको डीएसपी खनालले बताए ।

तस्बिर : जिल्ला प्रहरी कार्यालय पर्सा

प्रकाशित : असार ८, २०७९ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?