३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

जनकपुरमा मनाइयो योग दिवस

योग शिविरमा मुख्यमन्त्रीदेखि सर्वसाधारणसम्म
श्यामसुन्दर शशि

जनकपुर — ‘मानवताको लागि योग’ मूल नाराका साथ वैश्विक रुपमा मनाइँदै गरेको योग दिवस मंगलबार जनकपुरको जानकी मन्दिर प्रांगणमा धुमधामका साथ मनाइएको छ ।

जनकपुरमा मनाइयो योग दिवस

योग शिविरमा मधेसका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री लालबाबु राउत, नवलकिशोर साह, शत्रुधन महतोलगायतका मन्त्रीहरु, राज्यमन्त्रीहरु एवं वीरगन्जस्थित भारतीय महावाणिज्यदूत नितेश कुमारसँगै झन्डै हजार जनाको संख्यामा सर्वसाधारण योग शिविरमा सहभागी भएका थिए ।

जनकपुरधाम उपमहानगर पालिका र जानकी मन्दिरको सहयोगमा वीरगंज महावाणिज्य दूतावासले आयोजना गरेको योग दिवसमा उल्लेख्य संख्यामा सर्वसाधारण पनि उपस्थित भएका थिए ।

सन् २०१५ देखि २१ जुन महिनाको दिन वैश्विक रुपमा योग दिवस मनाइँदै आइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ को सेप्टेम्बर २७ को दिन राष्ट्र संघको जेनरल एसेम्बेलीलाई सम्बोधन गर्दै विश्व योग दिवसबारे पहिलो पटक बोलेका थिए । पछि राष्ट्र संघले २१ जूनलाई विश्व योग दिवसको रुपमा घोषणा गरेको थियो ।

योग दिवसको अवसरमा मंगलवार जनकपुरसँगै धनुषाका अन्य ग्रामीण क्षेत्रहरुमा पनि योग दिवसको अवसरमा योग शिविर, जडिबुटी वितरणलगायतका कार्यक्रमको आयोजना गरिएको थियो । यस क्रममा हंसपुर नगर पालिका ३ को बेलही चोकमा आयोजित योग शिविरमा नगर प्रमुख प्रदीपकुमार यादवले जडिबुटीका बिरुवा वितरण गरेका थिए ।

प्रकाशित : असार ७, २०७९ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?