कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सर्लाहीमा धारिलो हतियार प्रयोग गरी युवकको हत्या

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको कविलासीमा धारिलो हतियार प्रयोग गरी सोमबार राति एक युवकको हत्या भएको छ ।  कविलासी नगरपालिका–८ अगर्वाका २४ वर्षीय युवक अमरेन्द्र ठाकुरको सोमबार राति हत्या भएको हो ।

सर्लाहीमा धारिलो हतियार प्रयोग गरी युवकको हत्या

धारिलो हतियार प्रयोग गरी घाँटी रेटिएको अवस्थामा ठाकुरको शव फेला परेको प्रहरीले जनाएको छ । अगर्वा चोकभन्दा २ सय मिटर पश्चिममा रहेको बाँसबारीनजिक रगतले लतपतिएको अवस्थामा शव देखेपछि मंगलबार बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बुवा र भाइ मिलेर अगर्वा चोकमा फर्निचर पसल सञ्चालन गर्दै आएका ठाकुर सोमबार राति खाना खान घर नपुगेपछि परिवारले राति खोजबिन गरे पनि फेला परेन । युवकको हत्यापश्चात प्रदेश प्रहरीबाट तालिमप्राप्त कुकुर झिकाइएको थियो । तर कुकुर घटनास्थलबाट सलेमपुर चोकमा पुगेर रोकिएको थियो ।

ठाकुरको शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । ठाकुरको हत्याको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

प्रकाशित : असार ७, २०७९ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?