२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

तेल बोकेको ट्रकसहित भारतीय नागरिक पक्राउ

अवधेश झा

राजबिराज — भन्सार सम्बन्धी कुनै कागजात नरहेको एक भारतीय ट्रकलाई सशस्त्र प्रहरीले शुक्रबार सप्तरीबाट नियन्त्रणमा लिएको छ । रिफाइन पाल्मोनियम तेल १५ सय टिन लोड रहेको यु पी ७५ एम ३६९५ नम्बरको भारतीय ट्रकलाई पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कोसी ब्यारेजबाट नियन्त्रणमा लिइएको हो ।

तेल बोकेको ट्रकसहित भारतीय नागरिक पक्राउ

ट्रकमा आशंका लागेर सशस्त्र प्रहरीको टोलीले जाँच गर्दा भन्सार कागजात र प्रज्ञापनपत्र केही नभएको पाइएपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

ट्रकसहित चालक भारतको उत्तर प्रदेस कानपुर देहातका अबध बाबु र सह चालक कानपुर प्रान्त बस्ने धिरज कुमारलाई पनि नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएको ट्रक र ५४ लाख ९६ हजारको तेलसहित भारतीय नागरिकहरूलाई आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले राजबिराज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

प्रकाशित : असार ३, २०७९ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?