‘चुरे जोगाउ, मधेस बचाउ’ अभियानका लागि १८ करोड बजेट विनियोजन- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘चुरे जोगाउ, मधेस बचाउ’ अभियानका लागि १८ करोड बजेट विनियोजन

कान्तिपुर संवाददाता

काठमाडौँ — मधेस प्रदेशले चुरे क्षेत्रको संरक्षण र संवर्द्धनका लागि चुरे जोगाउ‚ मधेस बचाउ अभियान सञ्चालन गर्ने भएको छ । बुधबार प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गर्दै चुरे बचाउँ अभियानका लागि १८ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।

सो अभियानअन्तर्गत चुरे संरक्षण, भूक्षय तथा पहिरो नियन्त्रण, वृक्षारोपण, जलाशय, पोखरी निर्माण, तालतलैया संरक्षण लगायत कार्यक्रमहरू सञ्चालन हुनेछन् ।

प्रकाशित : असार १, २०७९ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मती प्रदेशमा रक्तसञ्चार सेवा निःशुल्क

कान्तिपुर संवाददाता

काठमाडौँ — वाग्मती प्रदेश सरकारले प्रदेशभित्रका स्थायी बासिन्दाका लागि निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराउने भएको छ । हाल नेपाल रेडक्रस सोसाइटीलगायत संघसंस्थाबाट सञ्चालित रक्तसञ्चार सेवामा रक्तदाताले निःशुल्क रगत दान गरे पनि बिरामीले शुल्क तिर्नुपर्ने बाध्यता छ ।

प्रदेश सरकारले रगत, ब्लड ब्याग र रगत परीक्षण शुल्कमा सहुलियतको व्यवस्था गरेर निःशुल्क रक्तसञ्चार सेवा प्रदान गर्ने भएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले बुधबार आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गर्दै प्रदेशभित्रका स्थायी बासिन्दाहरूका लागि निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराउने व्यवस्था गरिएको बताए ।

प्रकाशित : असार १, २०७९ १९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×