१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

वीरगन्जबाट ११३ वटा कछुवासहित एक जना पक्राउ

शंकर आचार्य

पर्सा — पर्सा प्रहरीले भारतबाट अवैध रूपमा कछुवा ल्याउने एक जनालाई सोमबार वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्ने बाराको कलैया उपमहानगरपालिका–७ का ४५ वर्षीय आनन्दलाल टेमानी रहेका छन् । 

वीरगन्जबाट ११३ वटा कछुवासहित एक जना पक्राउ

वीरगन्ज–१६ इनर्वा गाउँको बाटो हुँदै भारतबाट अवैध रूपमा १ सय १३ वटा कछुवा ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । अस्थायी प्रहरी पोस्ट इनर्वाबाट खटिएको टोलीले भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको बीआर ०५ एएफ ०५८३ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा टेमानीले मोटरसाइकलको डिक्कीभित्र हरियो रंगको झोलामा लुकाइछिपाई राखेको कछुवा बरामद भएका थिए ।

मोटरसाइकल र कछुवासहित उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय वीरगन्जमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ३०, २०७९ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?