बाँसको मुंग्रो प्रहार गरी मामाको हत्या

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको लालबन्दीमा एक युवक आफ्नै मामाको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

लालबन्दी नगरपालिका–११, हीरापुरमा शनिबार मध्याह्न भान्जाले आफ्नै मामाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । तरकारी बारीमा काम गर्ने क्रममा भएको विवादपछि ३१ वर्षीय रवी विकले मामा लालबन्दी–१७, रानिगञ्ज निवासी ४५ वर्षीय अशोक विकलाई बाँसको मुंग्रो प्रहार गर्दा अशोकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मामा-भान्जाको विवादमा भान्जा रवीले माच बनाउनकै लागि काटिएको बाँसले मामा अशोकको टाउकोमा प्रहार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

टाउकोमा गम्भीर चोट लागेका अशोकलाई उपचारका लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । घटनापछि प्रहरीले रवीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७९ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?