१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

महोत्तरीमा वर्षाजन्य विपद्को पूर्वतयारी

सुनीता बराल

महोत्तरी — वर्षाको समय नजिकिँदै गर्दा महोत्तरीमा सुरक्षाकर्मीले वर्षाजन्य विपद्‌बाट बच्ने अभ्यास गरेका छन् । मटिहानी नगरपालिका ७ स्थित लक्ष्मी सागरमा जिल्लाको विपद् व्यवस्थापन समितिले वर्षाजन्य विपद्को पूर्वतयारीअनुरूप सो अभ्यास गराएको हो । 

महोत्तरीमा वर्षाजन्य विपद्को पूर्वतयारी

जिल्लामा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले वर्षाजन्य विपद्‌बाट कसरी बच्ने भन्ने विषयमा जानकारी दिन अभ्यास गरेर देखाएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिए ।

जिल्लाका विभिन्न पालिका प्रमुखहरूको समेत उपस्थितिमा विपद्‌बाट जोगिने र विपद्‍मा परेकालाई कसरी जोगाउने भन्ने विषयमा अभ्यास गरिएको दाहालले बताए । पालिकाका प्रमुखहरूलाई हरेक पालिकामा जनशक्ति र उद्धार टोली तयार पारेर राख्न संयोजक दाहालले आग्रह गरेका छन् ।

स्थानीय पालिकाले उद्धार टोली तयार बनाउन चाहे हरेक पालिकासँग समन्वय गरी तालिम दिन विपद् व्यवस्थापन समिति तयारी अवस्थामा रहेको दाहालले बताए ।

पालिकाले योजना बनाउने समय विपद्‍मा पर्याप्त बजेट छुट्याएर आफ्ना जनाताको सुरक्षाका लागि काम गर्न आफू तयार रहेको मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले बताए । धेरै पालिकाका खोलाखोल्सिमा तटबन्ध भत्किएकाले महोत्तरीको धेरै बस्तिहरू डुबान र कटानको त्रासमा रहेकाले त्यस्ता बस्तीहरूलाई सुरक्षित गराउन विशेष ध्यान विपद् व्यवस्थापन समितिले दिनुपर्ने मण्डलले बताए ।

महोत्तरीका जलेश्वर, मटिहानी, महोत्तरी, रामगोपालपुर, औरही, बलवा, लोहरपट्टीलगायत दर्जनौं बस्ती प्रत्येक वर्ष बाढी र डुबानबाट प्रभावित बन्ने गरेका छन् । जिल्लाका ४० हजार घरपरिवार प्रत्येक वर्ष पानीजन्य विपद्‌बाट प्रभावित हुने गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित : जेष्ठ १९, २०७९ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?