कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

हुनुमान नगर कंकालिनीको निर्णय : 'क्लोथ बैंक'देखि किसान कार्डसम्म

काठमाडौँ — सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकाका नवनिर्वाचित प्रमुख वीरेन्द्र माझीले नगरपालिकाभित्र ‘क्लोथ बैंक’ स्थापना गर्ने निर्णय गरेका छन् । निर्वाचित भएलगत्तै माझीले पहिलो निर्णयको रुपमा यस्तो योजना ल्याएका हुन् ।

हुनुमान नगर कंकालिनीको निर्णय : 'क्लोथ बैंक'देखि किसान कार्डसम्म

यस्तै उनले शैक्षिकस्तर उकास्न भन्दै चरणबद्ध रुपमा 'ओ लेभल' र 'ए लेभल' को सम्बन्धन हासिल गरि लागु गर्ने, अंग्रेजी मातृभाषा भएका शिक्षक स्वयंमेवकहरुद्वारा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुसँग सहकार्य गरिने निर्णय गरेका छन् ।

साथै सामुदायिक विद्यालयमा एसईई परीक्षाअघि नै अनिवार्य रुपमा तीनमहिने सीपमुलक व्यवसायिक तालिम सबै विद्यार्थीले लिनुपर्ने व्यवस्था मिलाइने पनि बताइएको छ ।

स्वास्थ्य क्षेत्रमा नगरभित्र तोकिएको मापदण्ड पुग्ने हरेक नागरिकलाई कम्तीमा न्युनतम स्वास्थ्य बिमा उपलब्ध गर्ने पहल गरिने मेयर माझीले बताए । नगरभित्रका अस्पतालमा निः शुल्क औषधिको व्यवस्था गर्न पहल गरिने पनि मेयर माझीले निर्णय गरेका छन् ।

रोजगारको क्षेत्रमा वडां. १ र ४ मा ‘झोला उद्योग' र ‘बनना चिप्स’ उद्योग संचालन गरि झन्डै सयको हाराहारीमा रोजगार सिर्जना गरिने निर्णय उनले गरेका छन् । माझी जनमत पार्टीबाट मेयरमा निर्वाचित भएका हुन् । सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचनअघि पनि मधेसमा किसानका मुद्दा उठाएर लामो समय आन्दोलनमा थियो ।

यसैबीच विपन्न, दलित र उपेक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिइने, किसान कार्डको व्यवस्था गरिने, कृषकलाई नि:शुल्क कृषि मोटर उपलब्ध गराउने, कृषि औजार, लाइब्रेरी र किसान पेन्सन, घरदैलोमा सेवा, रासन कार्ड, एकीकृत बस्ती बनाउने लगायत योजना लागु गर्ने उक्त नगरपालिकाले निर्णय गरेको छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?