कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

युवकको हत्या आरोपमा १ जना पक्राउ

शंकर आचार्य

पर्सा — ठोरी गाउँपालिका ५ ठूलो बाघमोर्चामा बस्ने २३ वर्षीय प्रवीण पाख्रिनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पाख्रिनलाई शुक्रबार साँझ पौने ५ बजे ठोरी-५ स्थित बाघमोर्चा मन्दिरको छेउमा अज्ञात व्यक्तिहरूले ढुंगाले टाउको र अनुहारमा प्रहार गरी अचेत बनाएर फरार भएका थिए । 

उनको वीरगन्जस्थित एलएस न्युरो हस्पिटलमा आइतबार बिहान ११ बजे उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनाको अनुसन्धानको क्रममा स्थानीय एक १७ वर्षीय किशोरलाई शनिबार नियन्त्रणमा लिई ज्यानसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथै उक्त घटनामा सलंग्न भएको भन्ने हालसम्मको अनुसन्धानबाट खुलेका अन्य ३ जना व्यक्तिहरू फरार रहेकाले उनीहरुको खोजतलास तदारुकताका साथ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । घटनाबारे हालसम्मको अनुसन्धानले मृतक र आरोपीहरू सबै साथीभाइ रहेको र घटनाको दिन उनीहरट्ठबीच झैझगडा भएपछि तत्कालै आक्रोशमा पाख्रिनको हत्या गरिएको थियो ।

प्रकाशित : जेष्ठ ९, २०७९ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?