१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

विजय उत्सव मनाउन सप्तरीको रुपनी नगरमा सार्वजनिक बिदा

अवधेशकुमार झा

राजविराज — सप्तरीको  रुपनी गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरूको विजय उत्सव मनाउने प्रयोजनका लागि सोमबार पालिकाभरि सार्वजनिक बिदा दिएको छ ।

रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दकुमार चौधरीले सोमबार सूचना प्रकाशित गर्दै नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशअनुसार सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

‘विजय उत्सव मनाउने प्रयोजनका लागि रुपनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशानुसार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, संघसंस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थालगायत सम्पूर्ण कार्यालयहरूमा आज मिति २०७९ जेठ ९ गते सोमबारका दिन सार्वजनिक बिदा दिइएको व्यहोरा जानकारीका लागि अनुरोध छ‚’ अधिकृत चौधरीद्वारा जारी सूचनामा उल्लेख छ ।

आइतबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार रुपनी गाउँपालिकाको अध्यक्षमा लोसपाका दिनेशकुमार यादव र उपाध्यक्षमा लोसपाकै पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएका थिए ।

प्रकाशित : जेष्ठ ९, २०७९ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?