सुतिरहेका बाबुछोराको हत्या

सिरहा — घरमै सुतिरहेका बाबु र छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमारको आइतबार बिहान हत्या भएको प्रहरीले जनाएको छ ।

सन्तकुमारको यही जेठ ११ मा विवाह हुने भएकाले गाउँले महिलाहरू नाचगान गरेर शनिबार राति १२ बजे सुतेका थिए । बुबा र छोरा छुट्टाछुट्टै कोठामा सुत्न गएका थिए । उनीहरूलाई सुतिरहेकै ठाउँमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ ।

बुबा एक्लै सुतेको र सन्तकुमारसँग गाउँकै १०–१२ वर्षका बालक सुतेका थिए । उनले नै हत्या भएको थाहा पाएपछि घरका अन्य सदस्य र गाउँलेलाई सुनाएका थिए । सन्तकुमार महनौर बजारमा हार्डवेयर पसलमा काम गर्दै आएका थिए । घटनाबारे अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास ढकालले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७९ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?