१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

महोत्तरीको भँगाहामा लोसपाका साह र कांग्रेसकी सिंह निर्वाचित

महोत्तरी — भँगाहा नगरपालिकाको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टीका संजीवकुमार साह र उपमेयरमा नेपाली कांग्रेसकी शान्तिकुमारी सिंह निर्वाचित भएका छन् । साहले ५ हजार ६१७ मत ल्याई विजयी भए ।उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजय मण्डललाई २६३ मतान्तरले पराजित गरेका हुन् । पराजित मण्डलले ५ हजार ३५४ मत ल्याए । 

महोत्तरीको भँगाहामा लोसपाका साह र कांग्रेसकी सिंह निर्वाचित

उपमेयरमा निर्वाचित कांग्रेसकी सिंहले ५ हजार ७७५ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी, नेपालकी उम्मेदवार गंगाकुमारी सिंह दनुवारले ५ हजार ३५५ मत ल्याइन् ।

प्रकाशित : जेष्ठ ८, २०७९ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?