२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

निर्वाचनमा खटिएका प्रहरीका असईले हवल्दार कुटे

शिव पुरी

रौतहट — वीरगन्जको विपद् व्यवस्थापनमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कमलेश यादवले ट्राफिक प्रहरीका सहायक हवल्दार राजकिशोर यादव र उनका भाइ सिकन्दर यादवलाई कुटपिट गरेका छन् ।

निर्वाचनमा खटिएका प्रहरीका असईले हवल्दार कुटे

कुटपिटबाट दुवैजना घाइते छन् । बारास्थित आदर्श कोतवाल गाउँपालिकामा मतगणनामा खटिएको असई यादव पेस्तोल बोकेर बिना जानकारी रौतहट आएका हुन् । घट्नापछि असई यादव भागेर कार्यरत स्थान बारामा हाजिर भएका छन् । घाइते दुवैको जिल्ला अस्पताल गौरमा अस्पतालमा उपचार भइरहेको छ ।

रौतहटको मौलापुर नगरपालिका ८ स्थित सोनरियामा मोटरसाइकल समातेको विषयलाई लिएर बाराको आदर्श कोतवाल गाउँपालिकास्थित च्यूटामा स्थानीय तहको निर्वाचनको मतगणनामा खटिएका प्रसनी यादव संगठनलाई जानकारी नदिई रौतहट आई हवल्दार र उनका भाई माथि आक्रण गरेको हुन् ।

यादवले घरेलु हतियार प्रहार गरको घाइते सिकन्दरले बताए । ‘असई पेस्तोल नै बोकेरै आएको थियो,’ उनले भने, ‘उनले पहिलेदेखि नै कुट्छु भनेर धम्की दिएको थियो । अहिले आक्रमण गर्‍यो।’ कुटपिटमा घाइते ट्राफिक सहायक हवल्दार बाराको लंँगडा चोकस्थित अस्थायी ट्राफिक पोष्टमा कार्यरत छन् ।

उनको घर सोनरनिया हो । औषधी लिन भन्दै घर आएका ट्राफिक हवल्दार राजकिशोर र उनका भाइ सिकन्दरलाई असई यादवले कुटेर घाइते बनाएका हुन् । हवल्दार यादव पनि बिना जानकारी रौतहट आएका हुन् । घट्ना लगत्तै असई यादवलाई पक्रने प्रयास गरे पनि उनी भागेर बारा हाजिर भएको इलाका प्रहरी कार्यालय मौलापुरका इन्चार्ज प्रहरी निरीक्षक नन्दकिशोर चौहानले बताए । ‘हामीले बाराका प्रहरी प्रमुख एसपीलाई सबै जानकारी गराइसकेका छौं, ’ उनले भने, ‘घट्नाबारे अनुसन्धान भइरहेको छ ।’ प्रनि चौहानका अनुसार घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।

दुवैको नाक र टाउकोमा चोट लागेको छ । महोत्तरी दरबन्दी भएका असई यादब केही दिन अघि मात्र वीरगन्जस्थित बिपतमा काज आएका हुन् । चुनावका बेला उनी बाराको आदर्श कोतवाल गाउँपालिका खटे । त्यहाँ अहिले मतगणना जारी छ ।

जिल्ला प्रहरी बाराका प्रमुख एसपी दिलिप सिंह देउवाले सोनरनियामा भएको कुटपिटको घट्नाको रौतहट प्रहरीले अहिलेसम्म कुनै जानकारी नगराएको बताए । ‘मलाई घट्ना बारे केही थाहा छैन् । कुटपिट गर्ने असईलाई रौतहट प्रहरीले पक्राउ गरेको होला, ’ उनले भने, ‘घट्नामा स‌ंलग्‍न भए कारबाही हुन्छ ।’

प्रकाशित : जेष्ठ ६, २०७९ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?