सप्तरीको राजगढ-५ का नवनिर्वाचित वडा सदस्यको मृत्यु- मधेस - कान्तिपुर समाचार

सप्तरीको राजगढ-५ का नवनिर्वाचित वडा सदस्यको मृत्यु

अवधेशकुमार झा

राजविराज — सप्तरीको राजगढ गाउँपालिकाका नवनिर्वाचित वडा सदस्यको मृत्यु भएको छ । बिहीबार दिउँसो विजय जुलुसमा सहभागी भएका राजगढ-५ का नवनिर्वाचित वडा सदस्य राजेन्द्र सुतिहारको शुक्रबार बिहान मृत्यु भएको हो ।

निर्वाचित भएर बिहीबार विजय जुलुस गरी राति खाना खाएर सुतेका ६९ वर्षीय सुतिहारको शुक्रबार बिहान मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ ।

बुधबार साँझ सार्वजनिक मत परिणामअनुसार जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार भएका सुतिहार ४ सय ७४ मत प्राप्त गरी वडा सदस्यमा विजयी भएका थिए ।

निर्वाचित भएपछि बिहीबार दिनभरि उनी विजय जुलुसमा सहभागी भएका थिए ।

प्रकाशित : जेष्ठ ६, २०७९ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्

राजविराजको मेयर र उपमेयर दुबैमा जसपाका उम्मेदवार विजयी 

अघिल्लो चुनावमा जसले हराए, अहिले उनैलाई हराए भिमराजले
अवधेशकुमार झा

राजविराज — अघिल्लो निर्वाचनमा १७ मतले पराजित भएका भिमराज यादव यसपटक सप्तरीको राजविराज नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । जसपाका यादवले निवर्तमान मेयर शम्भुप्रसाद यादवलाई ४ हजार ८ सय १७ मतान्तरले पराजित गर्दे आगामी ५ वर्ष राजविराजको नेतृत्व गर्ने अवसर पाएका हुन् । 


मेयरमा निर्वाचित भिमराजले ९ हजार ६ सय २४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्वी नेकपा माओवादी केन्द्रका शम्भुप्रसाद यादवले ४ हजार ८ सय १७ मत पाए । मनोनयनको अघिल्लो दिनसम्म भिमराज र शम्भु जसपामै थिए । जसपा नेतृत्वले भिमराजलाई टिकट दिने निर्णय गरेपछि निवर्तमान मेयर शम्भु पार्टी परित्याग गर्दे माओवादीबाट मेयरमा उम्मेदवार भएका थिए ।

राजविराजको उपमेयरमा पनि जसपाकी इसरत परविण निर्वाचित भएकी छिन् । उपमेयरमा निर्वाचित इसरत परविणले ७ हजार २ सय ६४ मत प्राप्त गरेकी छिन् । निकटतम प्रतिद्वन्द्वी काग्रेसकी सुशिलादेवी यादवले ४ हजार ४ सय २७ मत प्राप्त गरिन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ ११:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×