सप्तरीको राजगढ-५ का नवनिर्वाचित वडा सदस्यको मृत्यु

अवधेशकुमार झा

राजविराज — सप्तरीको राजगढ गाउँपालिकाका नवनिर्वाचित वडा सदस्यको मृत्यु भएको छ । बिहीबार दिउँसो विजय जुलुसमा सहभागी भएका राजगढ-५ का नवनिर्वाचित वडा सदस्य राजेन्द्र सुतिहारको शुक्रबार बिहान मृत्यु भएको हो ।

निर्वाचित भएर बिहीबार विजय जुलुस गरी राति खाना खाएर सुतेका ६९ वर्षीय सुतिहारको शुक्रबार बिहान मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ ।

बुधबार साँझ सार्वजनिक मत परिणामअनुसार जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार भएका सुतिहार ४ सय ७४ मत प्राप्त गरी वडा सदस्यमा विजयी भएका थिए ।

निर्वाचित भएपछि बिहीबार दिनभरि उनी विजय जुलुसमा सहभागी भएका थिए ।

प्रकाशित : जेष्ठ ६, २०७९ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?