सिरहाको कल्याणपुरमा एमालेका साह र यादव विजयी - मधेस - कान्तिपुर समाचार

सिरहाको कल्याणपुरमा एमालेका साह र यादव विजयी 

भरत जर्घामगर

सिरहा — कल्याणपुर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका रामपुकार साह तेलीले ५ हजार ८ सय ८३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका धर्मनाथ यादवले ५ हजार ३ सय ५३ मत ल्याएका थिए । 

त्यस्तै, उपमेयरमा एमालेका रेखाकुमारी यादवले ५ हजार ७ सय ३३ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी धनेश्वरीदेवी मण्डल ५ हजार ४ सय ७० मत प्राप्त गरिन् ।

१२ वडा रहेको कल्याणपुर नगरपालिकामा ५ वटा वडामा एमाले, ३ वटामा वडामा जनता समाजवादी पार्टी, २ वटा वडामा कांग्रेस, एउटा वडामा नेकपा एकीकृत समाजवादी र एउटा वडामा जनमत पार्टी वडाध्यक्षमा विजयी भएका छन् ।


प्रकाशित : जेष्ठ ६, २०७९ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्

पोखरामा मतगणनास्थलबाट दुई नक्कली प्रतिनिधि पक्राउ

दीपक परियार

पोखरा — पोखरा महानगरपालिकाको मतगणनास्थलबाट प्रहरीले दुई जना नक्कली प्रतिनिधिलाई शुक्रबार पक्राउ गरेको छ ।

राजनीतिक दलको गणक प्रतिनिधिको रूपमा नक्कली पास बनाएर गणनास्थल प्रवेश गर्न खोज्ने दुईजनालाई मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरबाट प्रहरीले पक्रिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुन्दर तिवारीले उनीहरूलाई वडा प्रहरी कार्यालय बैदाममा राखेर अनुसन्धान गरिरहेको बताए ।

प्रहरीले पक्राउ परेका व्यक्तिको नाम र दल भने गोप्य राखेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७९ १२:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×