महोत्तरीको एकडारामा जसपाका मण्डल र खातुन निर्वाचित

सुनिता बराल

महोत्तरी — एकडारा गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)का दिपनारायण मण्डल र महजबी खातुन निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित मण्डलले ४ हजार ४ सय ९९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका रामछविला साहले २ हजार ४ सय ११ मत प्राप्त गरेका छन् ।

महोत्तरीको एकडारामा जसपाका मण्डल र खातुन निर्वाचित

साह निवर्तमान गाउँपालिका अध्यक्ष हुन् । तत्कालीन राजपाबाट निर्वाचित साह पार्टी फुटेपछि लोसपामा थिए । गाउँपालिका उपप्रमुखमा भने पुन महजबी खातुन निर्वाचित भएकी छिन् ।

तत्कालिन राजपाबाटै निर्वाचित खातुन भने अहिले जसपाबाट निर्वाचित भएकी हुन् । उनले ४ हजार ६ सय ७१ मत प्राप्त गरेकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी लोसपाकी रौकसाना खातुनले २ हजार ७६७ मत प्राप्त गरकी छिन् ।


प्रकाशित : जेष्ठ ५, २०७९ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?